रिट निवेदनमा एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा गरिएको नियुक्ति उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ।
काठमाडौँ– गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका हुन्।
पाण्डेले वारेसमार्फत दायर गरेको रिट निवेदनमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा गरिएको नियुक्ति उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ। उनले रिट निवदेनमा अधिकारीको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको दाबी गरेका छन्।
रिट निवेदनमा प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री बनेका अधिकारी र प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।
रिटमाथि प्रारम्भिक सुनवाइ गर्न बुधबारका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
