कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।
काठमाडौँ– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्। उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परिवारले मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
राजकुमार शर्माले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परिवारले मंगलबार ५:५० बजेसम्मको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
सोअनुसार कँडेलले संविधानको धारा १६८ को उपधारा (२)बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि एमालेसहित माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदको समर्थनमा दाबी पेस गरेका थिए।
“प्रदेश प्रमुख तिलक परिवारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्य माननीय यामलाल कँडेललाई कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको ब्यहोरा जानकारी गराइन्छ,” प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जारी गरेको सूचनामा भनिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
