इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मंगलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ।
इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मंगलबार ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार अपराह्न १६ बजेर ४८ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तर–पश्चिममा १० किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पको धक्का देशको अधिकांश भाग र छिमेकी मुलुकसमेतमा महसुस भएको जनाइएको छ।
इन्डोनेसियाको राष्ट्रिय मौसम पूर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको हो।
प्रान्तीय मौसम विज्ञान एजेन्सीका प्रमुख फेहबी आल्टिङले भूकम्पको कडा धक्का महसुस गरिएको भए पनि अहिलेसम्म कुनै क्षति वा हताहतको खबर प्राप्त नभएको बताए। ‘प्यासिफिक रिङ अफ फायर’ भनेर चिनिने इन्डोनेसिया भूकम्पको उच्च जोखिम रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
