ठूलीभेरी नगरपालिका–४ स्थित मस्टा सामुदायिक वनको डढेलो नियन्त्रणमा लिने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ।
डोल्पा– डोल्पाको ठूलीभेरी नगरपालिका–४ स्थित मस्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जानकारी दिए।
रावलको उपचारको क्रममा सोमबार साँझ जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो। जमदार मगर र बुढाको उपचारको क्रममा काठमाडौँको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको प्रजिअ दाहालले बताए। घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको काठमाडौँमै उपचार भइरहेको छ।
मृतक रावलको शव नेपाली सेनाको हेलिकप्टरमा मंगलबार जुम्ला पुर्याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। उनीहरू सोमबार आगो निभाउन गएका थिए। आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरू जलेर घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
