एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो, कुन दलको कति ?

निर्वाचन आयोगको तथ्यांक अनुसार बिहान ११ बजेसम्म एमालेले १८ लाख ४५ हजार ९६२ मत प्राप्त गरेको छ।

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सुरुआतदेखि नै अग्रता लिएको छ। प्रत्यक्षतर्फ भने कांग्रेस अगाडि छ। निर्वाचन आयोगको तथ्यांक अनुसार बिहान ११ बजेसम्म एमालेले १८ लाख ४५ हजार ९६२ मत प्राप्त गरेको छ।

कांग्रेसले १७ लाख ८३ हजार ३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, माओवादी केन्द्रले सात लाख ८२ हजार २९६ मत प्राप्त गरेको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १८ हजार ११, एकीकृत समाजवादीले एक लाख ६८ हजार ७२ मत प्राप्त गरेका छन्।