यस्तो रहनेछ बुधबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

यसैगरी, राति पनि कोशी, गण्डकी र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको पनि सम्भावना छ। 

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।