प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अस्पतालसहित अन्य तीन घरमा फैलिँदा दुई करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीले जनाएको छ।
दमक– झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ।
प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अस्पतालसहित अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आगोले अस्पतालको डाइलिसिस गराउने भवनमा जलेको छ। अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएको अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले बताए।
डाइलिसिस मेसिन कामनलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा बन्द भएको उनको भनाइ छ।
दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका ६ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
