१३२ केभी बुर्तिबाङ सबस्टेसनको काम असारभित्र

पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभी सबस्टेसन निर्माण भइरहेको छ।

ढोरपाटन– बुर्तिबाङ सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। 

पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभी सबस्टेसन निर्माण असारसम्ममा सक्ने योजना रहेको आयोजना प्रमुख मनोज चौधरीले बताए। 

ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन बागलुङको बुर्तिबाङ सबस्टेसन असारमा परीक्षण गर्नेगरी काम भइरहेको छ। 

“सबस्टेशन बनाउने र लाइन तान्ने काम निर्माण कम्पनीले धमाधम काम गरिरहेका छन्। कुनै प्राविधिक अवरोध नभए असारसम्ममा परीक्षण गर्ने योजना छ। अब फिल्डको काम मात्रै बाँकी छ,” उनले भने।

सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्र केन्द्रीय प्रसारण लाइनले जोडिए पनि पश्चिम बागलुङमा केन्द्रीय प्रसारण लाइन पुगेको थिएन।

अहिलेसम्म निसीखोला र तमानखोला भेग केन्द्रीय लाइनबाट जोडिएका छैनन्। यहाँका अधिकांश स्थानमा पोल गाड्ने र तार तान्ने काम भइरहेको छ।