बर्दघाट सुस्तापूर्वमा २०७९/८० भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको छ।
मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार ९७१ मेट्रिक टन तोरी उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा दुई हजार ४४३ हेक्टरमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो।
जिल्लामा गत वर्षदेखि तोरीखेतीतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा सुधार आएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए। उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार २८३ मेट्रिक टन रहेको छ। सर्स्युं एक हजार ६८८ मेट्रिक टन रहेको छ।
“गत वर्ष जिल्लामा दुई हजार ४३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा दुई हजार ९२० मेट्रिक टन तोरी उत्पादन भएको छ,” उनले भने, “यसमध्ये तोरी एक हजार २८५ मेट्रिक टन र सर्स्युं एक हजार ६३५ मेट्रिक टन रहेको छ।”
बर्दघाट सुस्तापूर्वमा २०७९/८० भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको केन्द्रका कृषि बालीविज्ञ सञ्जय ढकालले बताए। अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने भएकाले जिल्लाका किसान तोरीखेतीमा आकर्षित भएको उनको भनाइ छ।
“तोरीखेती लगाउन पनि सजिलो छ,” उनले भने, “ किसानले उत्पादनको उचित मूल्य पनि पाएका छन्।” यहाँको गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा तोरीखेती हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
