यसअघि लगातार दुई दिन बढेको नेप्से बुधबार १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा झरेको छ।
काठमाडौँ– शेयरबजार परिसूचक नेप्से झन्डै ११ अंकले घटेको छ। यसअघि लगातार दुई दिन ३२ अंकले बढेको नेप्से बुधबार १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६१ हजार ४२० पटकको कारोबारमा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ।
आज माण्डु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.६९ प्रतिशतले बढेको छ। त्यसैगरी, खानीखोला हाइड्रोपावरको शेयरमूल्य ८.२६ प्रतिशत र गुराँस लघुवित्तको शेयरमूल्य ७.७३ प्रतिशत बढेको छ।
कारोबारमा आएको सिंगटी हाइड्रोको शेयर भने बुधबार नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, विन नेपाल लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ। एनआईसी एशिया सेलेक्ट फन्ड पनि साढे ६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा १२ करोड ५४ लाख रुपैयाँ बराबर शेयर खरिदबिक्री गरेर हिमालयन रि-इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, ११ करोड रुपैयाँ भन्दा धेरैको कारोबार गरेर गोर्खाज फाइनान्स दोस्रो स्थानमा छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक १.४६ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१३ प्रतिशतले बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५० प्रतिशत घटेको छ।
त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
