यसरी सफा गरिँदैछ रुद्रमती (तस्वीरहरू)

काठमाडाैँ महानगरको श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीको सफाइ थालिएको हो।

काठमाडाैँ– हरियो ज्याकेट लगाएका मान्छेहरू खोलामै पसेर काम गरिरहेका छन्। यो दृष्य हो, रुद्रमती अर्थात् धोबीखोलाको।

सेतोपुलदेखि तल एक टोली र अनामनगरदेखि माथि अर्को टोलि खोला सफा गरिरहेका छन्। यही चैत १८ गतेदेखि रुद्रमती र वागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ शुरू भएको थियो। काठमाडाैँ महानगरको श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीको सफाइ थालिएको हो।

सफाइ हरेक दिन बिहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म हुन्छ। पहिलो चरण अन्तर्गत खोलाको फोहोर उठाएर छेउमा जम्मा गरिँदै आएको छ भने पूर्णरूपमा जम्मा गरिसकेपछि डोजर लगाएर झिकिने छ।

काठमाडौँ उपत्यकामा मुख्य ९ वटा नदी छन्। सफाइकर्मीका अनुसार यी नदीहरू सफाइका क्रममा सबैभन्दा धेरै प्लास्टिकजन्य फोहोर भेटिने गरेको छ। त्यसपछि कपडा तथा घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेका छन्।