संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. गेब्रेयससले प्रतिवेदनले विचलित पार्ने चित्र देखाएको बताएका छन्।
काठमाडौँ– हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंगलबार प्रकाशित गरेको रिपोर्टअनुसार हेपाटाइटिसले ज्यान गुमाउनको संख्या हरेक वर्ष बढिरहेको छ।
‘डब्ल्यूएचओ २०२४ ग्लोबल हेपाटाइटिस रिपोर्ट’ले १८७ देशको नयाँ तथ्यांकले भाइरल हेपाटाइटिसका कारण मृत्यु हुनेको संख्या सन् २०१९ मा ११ लाख रहेकोमा २०२२ मा १३ लाख पुगेको जनाएको छ। जसमध्ये ८३ प्रतिशतको मृत्यु हेपाटाइटिस 'बी' र १७ प्रतिशत हेपाटाइटिस 'सी'का कारण भएको थियो।
प्रतिवेदनमा हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमणका कारण विश्वभर दैनिक ३ हजार ५ सय जनाको मृत्यु भइरहेको उल्लेख छ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. गेब्रेयससले प्रतिवेदनले विचलित पार्ने चित्र देखाएको बताएका छन्। हेपाटाइटिस संक्रमण रोक्न विश्वव्यापी रूपमा प्रगति भएको छ, तर मृत्युको संख्या अझै बढिरहेको छ।
पछिल्लो प्रतिवेदनले सन् २०३० सम्म हेपाटाइटिस उन्मूलन लक्ष्यमा पुग्नका लागि धेरै काम गर्नु पर्नेमा पनि जोड दिएको छ।
हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो। यस रोगले मानिसको कलेजोमा असर गर्दछ। अन्य मौसम भन्दा वर्षातको समयमा बढी देखा पर्दछ। यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ। यसलाई एड्स भन्दा पनि खतरनाक मानिन्छ।
हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १० गुणा बढी हुन्छ। मानव शरीरमा कलेजो महत्त्वपूर्ण अंग हो। यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो।
विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन्। मुख्य रूपमा हेपाटाइटिस भाइरस ए.बी, सी, डी र ई पर्दछन्।
प्रत्येक वर्ष करिब १३ लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजो क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
