नेपाल वन प्राविधिक संघले वन ढडेलो संकट घोषणा गर्न सरकारसमक्ष माग गरेको छ।
काठमाडौँ– नेपाल वन प्राविधिक संघ (एनएफए)ले वन ढडेलो संकट घोषणा गर्न सरकारसमक्ष माग गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो वन डढेलो नियन्त्रणका लागि संकटकाल घोषणा गर्न माग गरेको हो।
महासंघका अध्यक्ष राकेश कर्णले वन डढेलोका कारण देशव्यापी रूपमा प्रभाव परेको, वातावरणीय प्रदूषण बढिरहेकोले वनलाई डढेलोबाट जोगाउन आवश्यक रहेको बताएका छन्।
“वन डढेलोको कारण वनविनास भएको छ, बस्ती जोगाउनै मुस्किल भएको छ,” उनले भने, “वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि जुटाउन र संकट घोषण गर्न आवश्यक छ।”
उनले वन डढेलो नियन्त्रणको क्रममा मृत्यु हुने नेपाली सेनाका जवानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे। प्राकृतिक स्रोत संरक्षण कार्य चुनौतीपूर्ण रहेको डोल्पाको घटनाले प्रष्ट पारेको उनको भनाइ छ।
कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरि नगरपालिका बडा नं ३ र ४, तिन्नाको मस्टा भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा मंगलबार डोल्पास्थित देवीदत्त गुल्ममा कार्यरत ३८ वर्षीय जमदार केशवबहादुर जागा मगर, सिपाहीहरु २२ वर्षीय हेमन्त रावत र ३८ वर्षीय आशिष बुढाको मृत्यु भएको थियो। विजय कोइराला गम्भीर घाइते भई काठमाडौँमा उपचारत छन्।
वन डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका जवानलाई संरक्षण शहीद घोषणा गर्न र घाइतेको निःशुल्क उपचार गर्न एनएफएले माग गरेको छ। मृतकको परिवारजनलाई राहत उपलब्ध गराउन माग गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
