मानव बेचबिखन तथा ओसारपसारको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले पक्राउ परेका छन्।
काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसारको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले पक्राउ परेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले उनलाई काठमाडौँको बबरमहल क्षेत्रबाट बुधबार पक्राउ गरेको हो।
कमजोर आर्थिक अवस्था भएकी महिलालाई रोजगारीका लागि कुवेत पठाइदिने भनेर श्रिलंकाको कोलम्बोमा पुर्याई बेचबिखन तथा बन्धक बनाएको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालले बताए।
घलेलगायत व्यक्तिले २०७३ को साउनमा पीडित महिलालाई भारतको बाटो हुँदै भिजिट भिसामा श्रीलंका पुर्याएका थिए। त्यहाँ श्रीलंकन एजेन्टले पीडितका कागजात जफत गरेर कुटपिट गरी कोठामा बन्धक बनाएर राखेको अवस्थामा विभिन्न संघसंस्था तथा नेपाल प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। त्यसपछि प्रहरीको रकेर्डमा ‘फरार’ रहेका घले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
उक्त घटनामा संलग्न अन्यको खोजतलास भइरहेको ब्युरोले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
