देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।