गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रूपमा लगाइएको थियो। तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रूपान्तरण भएको छ।
गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ।
सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिए।
समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रूपमा लगाइएको थियो। तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रूपान्तरण भएको छ।
“हामीले परीक्षणका लागि लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्,” उनले भने, “चिया खेती निकै राम्रो भएको छ। आगामी दिनमा बिरुवा थप्ने योजनामा छौँ ।”
गौश्वारा शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको गाउँ भएकाले चियाखेती फस्टाउँदै गएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
