बीपीचोकस्थित इदगाहमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन्। त्यहाँ उपस्थितले एकापसमा अँगालो मारेर इदको शुभकामना आदानप्रदान गरिरहेका छन्।
राँझा– एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीले नेपालगन्जमा हर्षोल्लासका साथ इदपर्व मनाइरहेका छन्।
बुधबार राति चन्द्रमा देखिएपछि नेपालगन्जको बीपीचोकस्थित इदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन्। नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो।
मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो।
इदको शुभकामना आदानप्रदान गर्न इदगाहमा ठूलो संख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, संघसंस्था सम्बन्धित व्यक्तिको उपस्थिति थियो। बिहानैदेखि इदगाहमा सयौँ व्यक्तिले एकापसमा अँगालो मारेर इदको शुभकामना आदानप्रदान गरिरहेका छन्।
इस्लाम धर्मावलम्बीको ठूलो चाड इदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका नेपालगन्जका मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले बताए। इदको अवसरमा मुस्लिम समुदायमा विभिन्न किसिमका विशेष परिकार खाने र खुवाउने प्रचलन छ।
मुस्लिम धर्मगुरु मञ्जरीका अनुसार इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्व शुरू हुन्छ। इदुल फित्र मुस्लिम समुदायको सबैभन्दा ठूलो र महान् पर्वका रूपमा मनाउने गरिएको उनको भनाइ छ।
“एक महिनासम्म गर्मी, भोक, तिर्खा, सहनु दिनको पाँचपटक नमाज पढ्नु, नराम्रा कामबाट बच्नु, झुटो नबोल्नु, नराम्रो वस्तु नहेर्नु, त्यस्तो व्यक्तिले इदको दिन अल्लाहबाट उपहार पाउनुको मतलब उसले गरेको गल्तीलाई अल्लाहले माफ गरिदिन्छ भन्ने विश्वास राखेका हुन्छन्,” मञ्जरीले भने।
रोजा हरेक बालबालिका, महिला, पुरुषमाथि अनिवार्य रहेको उनले बताए। “यदि कुनै व्यक्ति एकदमै बिरामी भई व्रत अथवा रोजा बस्न नसक्ने अवस्थामा छ भने उसले एक महिनासम्म एक गरिब व्यक्तिलाई खाना खुवाउनुपर्छ,” उनले भने।
इदको अवसरमा नेपालगन्जका मुस्लिम समुदायले सामूहिक नमाज पढ्नुका साथै हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गर्दै पर्व मनाइरहेका मुस्लिम अगुवा शकील अहमद कादरीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
