फेकोफनले डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।
काठमाडौँ– मुलुकभरका सामुदायिक वनहरूको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले वन डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।
फेकोफनले बिहीबार विज्ञप्ति जारी गर्दै फेकोफनले घाइतेहरूको उपचार समयमै र निःशुल्क हुनुपर्ने र मृतकको परिवारलाई उचित राहतको वयवस्था हुनपर्ने माग गरेको हो।
विगत केही दिनदेखि मुलुकभर बढ्दो वन डढेलोका कारण व्यापक रूपमा हुन गएको जनधनको क्षतिप्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ।
लामो समयदेखि हिउँदे वर्षाको कमी, निरन्तर तापक्रमको वृद्धि, गर्मी मौसमको शुरूआतलगायतका प्राकृतिक कारण र सचेतनाको कमी, लापरबाहीका कारण वन डढेलो लागेको भन्दै महासंघले नियन्त्रणमा पहल नभएको पनि फेकोफनले गुनासो गरेको छ।
नियन्त्रणसम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनको कमी र सम्बन्धित निकायबीच समन्वयको अभाव जस्ता मानवीय कमजोरीका कारण डढेलोका कारण क्षति हुने गरेको फोकोफनको भनाइ छ ।
फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले हालै डोल्पाको ठूलीभेरी नगरपालिकाको मस्ता सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा मृत्यु हुनेको परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार हुनुपर्ने बताए।
“उक्त स्थानमा डढेलो नियन्त्रण गर्ने क्रममा तीन जना नेपाली सेनाको मृत्यु भएको छ भने कालिकोट, भोजपुर, धनकुटा, ललितपुरलगायतका जिल्लामा वन डढेलो निभाउने क्रममा सामुदायिक वनका उपभोक्ताहरूको मृत्यु भएको छ,” उनले भने, “घाइतेहरूको तत्काल निःशुल्क उपचार र आगलागीबाट मृत्यु हुने व्यक्तिका परिवारका लागि उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारी निकाय र सरोकारवालासँग सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल हार्दिक अपिल गर्दछ।”
उनले वन डढेलो नियन्त्रणका लागि देशभरका सामुदायिक वन उपभोक्ता समूहले गर्दै आएको अथक प्रयासप्रति हार्दिक धन्यवाद व्यक्त गरे। वन डढेलो नियन्त्रण गर्ने जस्तो जोखिमपूर्ण र पुनीत कार्यमा वन उपभोक्ता समूहले गरेको योगदानको कुनै न कुनै रूपमा उच्च मूल्यांकन हुने उनको भनाइ छ।
पूर्वमनसुन प्रणाली सक्रिय नभएको र औसत तापक्रम निरन्तर बढ्दै गएका कारण वन डढेलोको प्रकोपमा थप वृद्धि हुनसक्ने सहजै अनुमान गर्न सकिने उनको भनाइ छ।
“दैनिक रूपमा वनमा जाने गोठाला, घाँस दाउरा गर्न जाने किसान समूह तथा जडीबुटी र काठ दाउरा संकलन गर्न जाने व्यक्तिहरूलाई वनमा डढेलो लाग्न नदिनका लागि वन क्षेत्रमा नै गई नियमित रूपमा सचेतना अभिवृद्धि गरी निरोधात्मक उपायहरू अवलम्बन गर्नुपर्छ,” अध्यक्ष भण्डारीले भने, “वन क्षेत्रमा जाँदा आगलागी गराउन सक्ने वस्तु नलैजान सचेत गराउने र वनमा आगलागी गराएमा कडा कानूनी कारबाही हुने भनी सचेत गराई निषेधात्मक उपायहरू अवलम्बन गर्नुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
