भारतको हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु भएको छ।
भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य ३५ जना घाइते भएका छन्। करिब १० बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
स्थानीय प्रहरीका अनुसार जीएल पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानीना क्षेत्रमा दुर्घटनामा परेको थियो।
प्रारम्भिक रिपोर्टमा चालकले उच्च गतिमा र लापरबाहीपूर्वक गाडी चलाएका कारण दुर्घटना भएको जनाइएको छ। प्रहरी र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बस नियन्त्रणबाहिर गएपछि चालक गुडिरहेको बसबाट हाम फालेका थिए। त्यसपछि बस रुखमा ठोक्किएर पल्टिएको थियो। बस पल्टिनेबित्तिकै विद्यालयका बालबालिका बसको अगाडिको सिसामा ठोक्किएर बाहिर खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले सन्तान गुमाउने परिवारप्रति सहानुभूतिसहित घाइतेको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
