हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
काठमाडौँ– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ।
बिहीबार अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन्। अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा ‘होल्ड’ भएका छन् भने केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन्।
नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो। सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ। काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
