ठगी मुद्दामा रियल स्टेट व्यवसायी ट्रुओङ माई लानलाई भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
ठगी मुद्दामा रियल स्टेट व्यवसायी ट्रुओङ माई लानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडी मुद्दामा उनलाई मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ।
६७ वर्षीया लानले सन् २०१२ र २०२२ को बीचमा गैरकानूनी रूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापनमा हजारौँ फर्जी फर्ममार्फत रकम लुटेको र सरकारी अधिकारीलाई घुस खुवाएको अभियोग लागेको थियो।
अभियोजनकर्ताले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गरेका छन्। उनीहरूले उनको सन्दिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब तीन प्रतिशत बराबर रहेको बताएका छन्।
लानले आफूमाथि लगाइएको आरोपको खण्डन गरेकी थिइन्। अल जजिराका अनुसार उनले गत साता अदालतमा आफ्नो अन्तिम बयानका क्रममा आत्महत्याको विचार आएको कुरा स्वीकार गरेकी थिइन्।
सरकारी सञ्चारमाध्यमका अनुसार उनले भनिन्, “मेरो निराशामा मैले मृत्युका बारेमा सोचेँ, मलाई थोरै ज्ञान भएको अत्यन्त प्रतिस्पर्धी उद्योग बैंकिङ क्षेत्रमा प्रवेश गर्ने साहस गरेकामा मलाई अत्यन्त रिस उठेको छ।”
प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष लानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमको उल्लंघनमा दोषी पाइएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ।
गत वर्ष सन् २०२२ मा लानको गिरफ्तारी सन् २०१६ मा शुरू भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो। सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ।
ब्लेजिङ फर्नेस अभियानको परिणाम स्वरूप सयौँ अधिकारीले दण्डित वा कारागार सजाय पाएका छन्। यसबाट भियतनामी राजनीतिमा उच्च तहसम्म असर परेको। यसमा दुई राष्ट्रपति र दुई प्रधानमन्त्रीको राजीनामा पनि समावेश छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
