पुल नहुँदा अहिले रुन्चेतगाउँका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन्। पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब ३०० भन्दा बढी परिवार लाभान्वित हुनेछन्।
गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन। गाउँपालिका–३ मा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ।
“बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन्,” धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, “रुन्चेत र लुसीकाङवासीको वर्षौंदेखिको समस्या समाधानका निम्ति भिर खोपेर कादुरी नेपालको सहयोगमा आगामी पाँच महिनाभित्रमा झोलुंगे पुल निर्माण पूरा गर्नेगरी काम शुरू भएको छ।”
करिब एक करोड ३३ लाख लागतमा पुल निर्माण थालिएको हो। झोलुंगे बनेपछि रुन्चेतवासी तीन घण्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन्। उनीहरू एक घण्टामै गाउँ पुग्नेछन्। पुल नहुँदा अहिले त्यस क्षेत्रका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन्।
फागुन १५ गतेदेखि निर्माणको काम भइरहेको कादुरी नेपालका प्रबन्धक प्रदीपकुमार सिलवालले बताए। “प्राविधिक तथा स्थानीयवासी अहिले भिरको ढुंगा फोर्न तल्लीन छन्। असार १ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ,” उनले भने।
पुल निर्माण गर्न स्थानीवासीले एक लाख ७६ हजार रुपैयाँ बराबरको श्रमदान गर्नेछन्। पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब ३०० भन्दा बढी परिवार लाभान्वित हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
