हेटौँडा औद्योगिक क्षेत्रमा हाल ११५ उद्योग सञ्चालनमा छन्। ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्।
बागमती– हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ। कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ।
हाल उक्त औद्योगिक क्षेत्रमा ११५ उद्योग सञ्चालनमा छन्। ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। तीन ‘सिफ्ट’मा चल्ने उद्योग एक सिफ्टमा मात्र सञ्चालन भएका छन्। उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन्।
कार्यालयप्रमुख भोजराज बिराडीका अनुसार कोरोना महामारीपछि परेको आर्थिक तथा व्यावसायिक मन्दीको प्रभाव यहाँका उद्योगमा परेको छ। आर्थिक मन्दीले सञ्चालन नभएका दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया शुरू गरिएको छ ।
सम्झौता गर्ने एवं जमिन ओगट्ने काम मात्रै भएको तर उद्योग सञ्चालन नभएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए। औद्योगिक क्षेत्रमा स्थापना भएका १४७ मध्ये ११५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा छन्। नौवटा उद्योग बन्द तथा २३ वटा निर्माणाधीन छन्।
उद्योगको अवस्था दयनीय भएकाले भाडा तिर्न समस्या परेको उद्योगीको गुनासो छ। यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिक मन्दीले उद्योगको अवस्था नाजुक भएको व्यवसायी बताउँछन्।
“अहिले मन्दी छ। पसल खाली हुँदै गएका छन्। उत्पादित सामान बिक्री हुँदैनन्, यो गम्भीर समस्या हो,” हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भने, “उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भयो।”
औद्योगिक क्षेत्रमा निर्माण सामाग्री उद्योग पाँच, प्लास्टिक सामग्री उद्योग २८, विद्युतीय सामग्री उद्योग तीन, खाद्यान्न तथा पेय पदार्थ उद्योग ११, फर्निचर सामग्री उद्योग ६, इन्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकल सामग्रीतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योगतर्फ एक, खानीजन्य उद्योगतर्फ तीन र अन्य उद्योगतर्फ १० वटा उद्योग छन्।
यहाँ पाँच हजार मजदुरले रोजगारी पाएका छन्। २०२० सालमा स्थापना भएको औद्योगिक क्षेत्र तीन हजार २२८ रोपनीमा फैलिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
