वर्षको अन्तिम दिन प्रतितोला २ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ३९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ३६ हजार ६०० रुपैयाँ थियो। 

काठमाडौँ– वर्षको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ। छापावाल सुन प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेर एक लाख ३९ हजार पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ६०० रुपैयाँ थियो। 

तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ३५ हजार ९५० रुपैयाँ थियो ।

यस्तै, चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारभन्दा चाँदी ५० रुपैयाँले बढेको हो।