शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो।
काठमाडौँ– सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो।
“चालु संसद् अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्नका निम्ति राष्ट्रपतिज्यूलाई सिफारिस गर्ने भन्ने पनि निर्णय भएको छ,” सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्। प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेस सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने मागमा अडिग रहेका बेला सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
त्यस्तै, राष्ट्रियसभाको रिक्त रहेको पदमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको पनि उनले बताइन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ। सिफारिस समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र रहेका छन्।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष या निजले तोकेको सो आयोगको सदस्य रहने छन्। त्यस्तै, समितिमा मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधिविज्ञान विज्ञ, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मीमध्येबाट सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य तोकिएको उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
