साइबर ब्युरोले जातजाति तथा सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीको साइबर ब्युरोले जातजाति तथा सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ। ब्युरोले शुक्रबार सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यममार्फत कानूनले बन्देज लगाएका सामग्री सम्प्रेषण नगर्न भनेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जारी गरेको सूचनामा विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यममा कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री पोस्ट भएको प्रति ध्यानाकर्षण भएको जनाइएको छ।
ब्युरोले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा या द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन, प्रदर्शन गर्ने, लाइक गर्ने, ट्याग गर्ने, कमेन्ट गर्ने र रिपोस्ट गर्ने जस्ता गतिविधि बढेको औँल्याएको हो।
“तसर्थ प्रचलित कानूनले बन्देज गरेका यस्ता गतिविधि नगर्न/नगराउन हुन साइबर ब्युरो सबैमा अनुरोध गर्दछ,” सूचनामा भनिएको छ। कानूनको उल्लंघन हुने कुनै गतिविधि गरेको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने ब्युरोले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
