लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महराले पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो। ८६ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री महराले पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ र विपक्षमा २८ मत परेको थियो।
प्रदेशका सभामुख तुलाराम घर्ती मगरले भने, “प्रस्तावका पक्षमा ४८ मत परेको र सो मत लुम्बिनी प्रदेशसभामा हाल कायम रहेका कुल सदस्य संख्या ८६ को बहुमत भएकाले मुख्यमन्त्रीले पेस गर्नुभयो प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।”
प्रदेशसभाको शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी र लोसपाका सांसद अनुपस्थित रहेका थिए।
डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि माओवादी केन्द्रका नेता महरा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमालेका २९, नागरिक उन्मुक्तिका चार, जनता समाजवादी पार्टी (जसपा) तीन, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/एक गरी ४८ सांसदले समर्थन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
