नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध ५ रन बनाउँदै १ हजार रनको कोशेढुंगा पूरा गरेका छन्।
काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका छन्।
रोहितले ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध ५ रन बनाउँदै १ हजार रनको कोशेढुंगा पूरा गरेका हुन्। नेपालको तर्फबाट टी२० आईमा हजार रन पूरा गर्ने उनी तेस्रो ब्याटर भएका छन्।
रोहितले ४३ खेलमा हजार रन बनाएका हुन्। यस क्रममा उनले ६ वटा अर्धशतक बनाएका छन् भने ८१ वटा चौका र ३२ वटा छक्का हानेका छन्। एक दीवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा भने उनले १५६१ रन बनाएका छन्। ओडीआईमा उनी सर्वाधिक रन बनाउने नेपाली ब्याटर हुन्।
टी२० आईमा नेपालको तर्फबाट यसअघि दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले हजार रन पूरा गरेका थिए। जारी एसीसी प्रिमियर कपमा ऐरी र भुर्तेल पनि नेपाली टिममा समावेश छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
