नयाँ वर्षका अवसरमा विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न प्रण गर्नेसमेत परम्परा छ।
काठमाडौँ– शनिबार नयाँ वर्ष २०८१ शुरू भएको छ। हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ।
विक्रम संवत्को पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते र चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ।
नयाँ वर्षका अवसरमा आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। देश तथा विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन्।
नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइएको छ। नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरूले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्छन्।
यस अवसरमा विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न प्रण गर्नेसमेत परम्परा छ।
नयाँ वर्ष आरम्भका अवसरमा सरकारले शनिबार देशभर सार्वजनिक बिदा दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
