सन् २०५० सम्ममा जापानको २० प्रतिशत घरमा वृद्धवृद्धा मात्र हुन्छन्: अध्ययन

जापानले बढ्दो जनसंख्या संकटको सामना गरिरहेको छ। बढ्दो वृद्ध जनसंख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसको लागि भुक्तानी गर्ने श्रम शक्ति घट्दै जान्छ।

जापानमा सन् २०५० सम्ममा हरेक पाँच घरधुरीमध्ये एक घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने अध्ययनले देखाएको छ।

अध्ययनअनुसार सन् २०५० सम्ममा जापानमा एक करोड आठ लाख वृद्धवृद्धा एक्लै बस्नेछन्। यो कुल परिवार संख्याको २०.६ प्रतिशत हुने नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले जनाएको छ। सन् २०२० मा ७३ लाख ७० हजार वृद्धवृद्धा अर्थात् कुल घरधुरीको १३.२ प्रतिशत मानिस एक्लै बसिरहेका थिए।

जापानी युवाले विवाहमा ढिलाई गर्ने र यसका कारण बच्चा जन्माउन नसक्ने भएकाले उनीहरूले बच्चा नजन्माउने निर्णय गर्ने चलन बढेकोसमेत अध्ययनले उल्लेख गरेको छ। 

जापानले बढ्दो जनसंख्या संकटको सामना गरिरहेको छ। बढ्दो वृद्ध जनसंख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसको लागि भुक्तानी गर्ने श्रम शक्ति घट्दै जान्छ।

अहिले धेरै वृद्धवृद्धा एक्लै बसिरहेको भए पनि भाइबहिनी वा उनीहरूका सन्तानले रेखदेख गरिरहेका छन्। तर, अबको ३० वर्षपछि, विवाहित, शोकसन्तप्त वा अलग्गिएका कुनै पनि सन्तान नभएका वृद्ध एकल परिवारका सदस्यको अनुपात बढ्ने अपेक्षा गरिएको छ। त्यस्ता व्यक्तिका भाइबहिनीको संख्या पनि घट्ने अध्ययनले देखाएको छ। 

जापानको कुल जनसंख्या सन् २०२३ मा पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको सरकारी तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार विदेशीको आगमनले यो कमीको मात्रालाई हालसम्म परिपूरण गरेको थियो। जापानी जनसंख्या आठ लाख ३७ हजारले घटेर १२ करोड १० लाखमा झरेको छ।