पोखरा–१६ स्थित सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ, सल्लालगायत रूखहरू काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
पोखरा– पोखरा महानगरपालिका–१६ स्थित गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा वन मुद्दा दर्ता भएको छ। सार्वजनिक गुठीअन्तर्गत सञ्चालनमा रहेको विद्यालय हाताभित्रको रूख काटेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए।
प्रधानाध्यापक पोखरा–१६ निवासी वीरेन्द्र खड्कासहित स्थानीयहरू लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, वडा नम्बर २९ का रामप्रसाद लामिछाने र तनहुँ शुक्लागण्डकी–९ का यज्ञराज शर्माविरुद्ध मुद्दा दर्ता भएको हो।
रूख कटान गरेर बिक्री गरेको उजुरीपछि वन कार्यालयले स्कुलको अनुगमन गरेको थियो। सो क्रममा विद्यालय परिसर, खेलमैदान, छात्रावास र कम्पाउन्डनजिक रहेका सिसौ, सल्लालगायत २५ रूख काटेर बिक्री गरेको पाइएको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ। वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी बिक्री गरेको पाइएको थियो।
सूचना अधिकारी गौतमका अनुसार विद्यालयले कोटेसनबाट लिलाम बढाबढ गरी ६० हजार रुपैयाँमा बिक्री गरेको थियो। तर दाउराको मूल्यांकन तथा मूल्य निर्धारण प्रचलित कानूनबमोजिम नदेखिएको वन कार्यालयले जनाएको छ। विद्यालयले रूख कटान गर्दा गण्डकी प्रदेश वन ऐन, २०८० को दफा ६६ को समेत उल्लंघन गरेको उनले बताए।
यस्तै, तीन लाख ७९ हजार ४०० रुपैयाँ बराबरको वन पैदावार हानीनोक्सानी गरेको ठहर गर्दै आठै जना प्रतिवादीलाई वन नियमावलीको दफा ५० उपदफा १४ बमोजिम बिगो असुल, १० हजार जरिबाना तथा ६ महिनासम्म कैद सजायको माग गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
