बिहीबार भएको आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।
डोल्पा– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीन जना बालबालिकाको मृत्यु भएको छ।
बिहीबार भएको आगलागीबाट गम्भिर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।
उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार मृत्यु भएको हो। अर्का घाइते १० वर्षीय सुलस बुढाको शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा नै मृत्यु भएको थियो।
उनीहरू गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका बेला आगलागीमा परेर गम्भीर घाइते भएका थिए। एकै गाउँका तीन बालबालिकाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताए।
नगरपालिकाले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाएको थियो।
यसअघि गत मंगलबार डोल्पामा नै मस्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
