बोन्डी जंक्सनस्थित वेस्टफिल्ड मलभित्र एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।
अस्ट्रेलियाको सिड्नीस्थित एक व्यावसायिक भवनभित्र मानिसहरूलाई आतंकित पार्ने गरी छुरा प्रहार भएको छ। उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री एन्थोनी अल्वानिजले पनि सपिङ मल (किनमेल केन्द्र)मा भएको आक्रमणमा ‘केही व्यक्ति हताहत भएको’ पुष्टि गरेको सञ्चारमाध्यम एएफपीले जनाएको छ।
त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन्। बोन्डी जंक्सनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसको भागाभाग भएको थियो।
प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ। न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक जना व्यक्ति प्रहरी कारबाहीमा मारिएको जनाएको छ।
प्रहरीले स्थानीय समयअनुसार अपराह्न ४ बज्नै लाग्दा एक व्यक्तिलाई गोली हानिएपछि अवस्था संवेदनशील बनेको जनाएको छ। आक्रमणका घटना जारी रहेको भन्दै सर्वसाधारणलाई उक्त क्षेत्रतर्फ जान रोक लगाइएको छ।
घटनास्थलबाट मानिस भागिरहेको देखिने खालका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। घटनास्थल क्षेत्रमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडी रहेका सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरमा देखिन्छ। भिडियोमा एक जना पुरुषले ठूलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
