वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेका छन्।
मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको छ। सिँचाइ सुविधा पर्याप्त भएपछि किसान यसतर्फ आकर्षित भएका हुन्।
२०७७/७८ मा ७०० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले वृद्धि भएको छ। यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार ३१५ हेक्टर क्षेत्रफलमा खेती भएको छ। यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा १०५ हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताए।
“सिँचाइको सुविधा राम्रो भएपछि जिल्लामा पछिल्लो दुई/तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको संख्या बढ्दै गएको छ,” उनले भने।
सिमसार क्षेत्रका किसानले चैते धानलाई प्राथमिकता दिन थालेका छन्। “पहिला–पहिला खोलाबाट कुलोमार्फत सिँचाइ पुगेको स्थानमा मात्र चैते धान खेती गरिन्थ्यो,” उनले भने, “अहिले डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको ठाउँमा पनि यो खेती गर्न थालिएको छ।”
चैते धानखेतीको क्षेत्र विस्तार भएसँगै उत्पादन पनि बढ्न थालेको छ। आव २०७७/७८ मा चैते धान तीन हजार ३६० मेट्रिक टन उत्पादन भएको थियो। गत आवमा ६ हजार १२३ मेट्रिक टन भएको थियो भने यो सिजनमा ६ हजार ७५० मेट्रिक टन धान उत्पादन हुने केन्द्रको अनुमान छ। वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेको ढकालले बताए। “कतिपय स्थानमा किसानले एउटै धानको बीउ धेरै वर्षसम्म लगाउँदा उत्पादनमा वृद्धि हुन सकेको छैन,” उनले भने।
जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेती हुने गरेको छ। यहाँ चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।
जिल्लाको भौगोलिक अवस्थाअनुसार माघ अन्तिम हप्ता शुरू भएको चैते धान रोपाइँ चैत अन्तिम हप्तामा सकिएको छ। चैते धानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै प्रमुख तिवारीले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्र धान निर्यात गर्न सकिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
