चित्रलेखन गर्दा स्थान अनुसारका आकृतिलाई प्राथमिकता दिइने छ। रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा बिम्बित हुने चित्र कोरिनेछन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकामा सार्वजनिक पर्खालका भित्तामा कलात्मक चित्र कोर्न थालिएको छ।
महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भित्ते चित्रलेखन शुरू गरेको हो। महानगरले यसका लागि २०८० फागुन १७ गते नै सम्झौता गरेको थियो। सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको छ।

अहिले सुनधारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ। यसपछि त्रिपुरेश्वर रंगशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ता, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्तालगायत स्थानमा मौलिक कला र संस्कृति झल्किने खालका आकर्षक चित्र कोरिने महानगरले जनाएको छ। जसले सहरी सौन्दर्यतालाई बढवा दिने छ।
चित्रलेखन गर्दा स्थान अनुसारका आकृतिलाई प्राथमिकता दिइने छ। रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा बिम्बित हुने चित्र कोरिनेछन्।
मौलिकताका लागि कोरिने चित्रमा इन्द्र जात्रालगायत जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभूषा, वादन, काठमाडौँ चिनिने भौतिक सम्पदालगायत आकृति हुने प्रतिष्ठानले जनाएको छ।

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ। चित्र भएका भित्तामा नछुन, कुनै रङ नछर्किन, पोस्टर वा कागज नटाँस्न, चित्रसँग तस्वीर खिच्दा नटाँसिई अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्न महानगरले नागरिकलाई आग्रहसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
