प्रतितोला २ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको छ।

काठमाडौँ– नेपाली बजारमा लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार केही घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको हो। घटेपछि छापावाल सुन एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार २०० ले नै घटेर एक लाख ३६ हजार १५० कायम भएको छ।

महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० ले घटेको छ। चाँदी एक हजार ७०० रुपैयाँ कायम भएको छ।