संघीय संसद्को अधिवेशन अन्त्य

७० दिनसम्म चलेको अधिवेशनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाही भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

काठमाडौँ– संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।

सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी बैठक अन्त्य गरिएको घोषणा गरे।  

७० दिनसम्म चलेको अधिवेशनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाही भएका थिए। प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भएको थियो। 

दोस्रोभन्दा तेस्रो अधिवेशन कानून निर्माणका हिसाबले राम्रो भए पनि पर्याप्त नभएको सभामुख घिमिरेले बताए।