इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घर या आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह गरेको छ।
काठमाडौँ– इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घर या आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह गरेको छ। इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेपछि नेपालसहित विभिन्न देशले आफ्ना नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेका हुन्।
इरानको आक्रमणपछि इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी भएका छन्। त्यसैलाई मध्यनजर गर्दै तेल अविवस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई अद्यावधिक सूचनाका बारेमा जानकार रहन, आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ।
“आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलोस्तरको सभा सम्मेलन नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहनसमेत हार्दिक अनुरोध गर्दछौँ,” दूतावासको सूचनामा लेखिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा हाल ४५ सय नेपाली श्रमिक केयरगिभरका रूपमा कार्यरत छन्। अनौपचारिक तथ्यांकअनुसार योभन्दा तेब्बर बढी संख्यामा नेपाली इजरायलमा रहेको अनुमान गरिन्छ। इरानले गए राति इजरायलमा दुई सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
