सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले दाबी पेश गरेका छन्।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले दाबी पेश गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन्।
कैलाशकुमारलाई मुख्यमन्त्रीमा नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदले समर्थन गरेका छन्। लक्ष्मणकिशोरलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले समर्थन गरेको पत्र प्रदेशप्रमुख नाजिर मियाँसमक्ष पेश भएको हो।
नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादका कारण सुदूरपश्चिमको मुख्यमन्त्री पदमा पार्टीबाट दोहोरो दाबी पेश भएको हो। मुख्यमन्त्रीमा दाबी पेश गर्नेमध्ये लक्ष्मणकिशोर संरक्षक रेशम पक्षधर सांसद हुन् भने कैलाशकुमार पार्टी अध्यक्ष श्रेष्ठ पक्षधर हुन्।
अध्यक्ष श्रेष्ठको पक्षमा दुई र संरक्षक चौधरीको पक्षमा चार सांसद देखिएका छन्। सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति सात सांसद रहेकोमा पार्टीको आन्तरिक विवादका कारण एक जना पदमुक्त भइसकेका छन्।
प्रदेशप्रमुख मियाँले गत चैत २३ गते १० दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सरकार गठनका लागि आह्वान गरेका थिए। नेपाली कांग्रेसका कमलबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया थालिएको हो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ।सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ६ एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन्। दुई पद रिक्त रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
