बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ।
दाङ– घोराहीमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ। आइतबार दिउँसो खेल्न गएकामध्येबाट तीन जना खाल्डोमा परेपछि एक जना बालकको उद्धार गरिए पनि अन्य दुई जना गहिरो खाल्डोमा गएर पुरिएका थिए।
पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए। उनीहरूको शव अहिले शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
