बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको प्रहरीले जनाएको छ।
काभ्रेपलाञ्चोक– काभ्रेपलान्चोकको रोशी गाउँपालिका–५ नागबेलीमा बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बोधिचित्तको एउटा रुख काटेको प्रहरीको भनाइ छ।
फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो। उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङको भनाइ छ। उनका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेका थिए।
मैनाली र दुर्गालाललाई काभ्रेपलान्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ। अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ।
प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो। उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ गणले निष्क्रिय पारेको थियो। घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेकी छन्। उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो। रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ।
बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्त्व छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
