मुलुकभर २०८० वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भए। त्यसमा परेर १०६ जनाको मृत्यु भएको थियो।
काठमाडौँ– विपद्जन्य घटनाबाट २०८० सालमा ४९३ जनाको मृत्यु भएको छ। यस्तै, ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६१६ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार ४०४ विपद्जन्य घटना भएका थिए। त्यसमा परेर ८० हजार ७१६ परिवार प्रभावित भएका थिए। विपद्जन्य घटनाका कारण कूल पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ।
गत वर्ष पहिरो, बाढी, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायत घटना भएका थिए। गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी १५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए।
मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका थिए। त्यसमा परेर १०६ जनाको मृत्यु भएको थियो। ५०६ जना घाइते भएका थिए। कूल पाँच हजार १३० परिवार प्रभावित भएका थिए। आगलागीबाट दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको थियो।
यसैगरी गत वर्ष २५० वटा चट्याङका घटना भएका थिए। त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने २२८ जना घाइते भएका थिए। जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा २७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए।
यसैगरी, उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
