फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह पूर्वनिर्धारित सिन नदीबाट राष्ट्रिय रंगशालामा सार्न सकिने बताएका छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह पूर्वनिर्धारित सिन नदीबाट राष्ट्रिय रंगशालामा सार्न सकिने बताएका छन्।
सोमबार बीएफएमटिभी र आरएमसीसँगको अन्तरवार्तामा उनले टोलीहरूलाई सिन नदीमा नौकाहरूमा विहार गराउनुको सट्टा उद्घाटन समारोहलाई एफिल टावरबाट नदीपारि ‘ट्रोकाडेरो’ भवनसम्म सीमित गर्न सकिने र स्ट्याड डि फ्रान्समा पनि स्थानान्तरण गर्न सकिने बताएका हुन्।
मुख्य रंगशालामा खेलहरू उद्घाटन गर्ने परम्परालाई तोड्दै पेरिस आयोजकहरूले ओलम्पिक इतिहासमा अभूतपूर्व समारोहको आयोजना बनाएका छन्। समारोहको लागि तीन लाख भन्दा बढी दर्शक सिन नदी किनारमा उपस्थित हुने अपेक्षा गरिएको छ साथै दुई लाख जतिले त्यहाँ छेउछाउका भवनबाट समारोह हेर्न सक्नेछन्। तर आतंकवादी समूहले ड्रोन आक्रमण गर्न सक्ने डरले उक्त समारोह यथावत् राख्ने या अन्त सार्ने भन्ने बारे मत/विमत भइरहेको छ।
यद्यपि युक्रेन र गाजामा युद्ध शुरू भएपछि आयोजकहरूले जुलाई २६ मा हुने उद्घाटन समारोहलाई लक्षित गरी कुनै भिन्नै स्थानमा सार्न सकिने भन्ने कुरालाई अहिलेसम्म अस्वीकार गरेका छन्।
“यो उद्घाटन समारोह विश्वमा सबैभन्दा पहिलो हो, हामी यो गर्न सक्छौँ र गर्न गइरहेका छौँ,” राष्ट्रपति म्याक्रोनले भने, “तर प्लान बी र प्लान सी छ जसमा समारोहलाई पेरिसको उत्तरमा स्टेड डि फ्रान्समा सार्ने समावेश छ, हामी वास्तविक समयमा यसको विश्लेषण गर्नेछौँ।”
फ्रान्समा विभिन्न आतंकवादी समूहहरूले बेलाबेला आक्रमणको धम्की दिँदै आएको छ। गत हप्ता मात्रै इस्लामवादी समूह आईएसएसले युरोपमा जारी यूईएफए च्याम्पियन लिगका खेलमा आक्रमण गर्ने धम्की दिएको थियो। यसअघि पनि फ्रान्स लगायत अन्य युरोपेली देशमा यस्ता अतिवादी समूहले आक्रमण गर्दै आएका कारण पेरिस ओलम्पिकलाई लिएर सुरक्षा चुनाैती बढेको छ।
अन्तर्वार्तामा म्याक्रोनले खेलका क्रममा ओलम्पिक युद्धविरामका लागि ‘हरसम्भव प्रयास’ गर्ने पनि बताएका छन्। युद्धविराम ओलम्पिकको समयमा शान्ति कायम गर्ने ऐतिहासिक परम्परा हो।
“हामी ओलम्पिक युद्धविरामको दिशामा काम गर्न चाहन्छौँ र यो मेरा लागि हाम्रा धेरै साझेदारहरूसँग संलग्न हुने अवसर भएको मलाई लागेको छ,” उनले भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
