प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सोमबार छिचोलिएको सुरुङको निर्माण कार्य जारी नै छ। सुरुङबाट सवारीसाधन सञ्चालन गर्न थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।
काठमाडौँ– आज छिचोलिएको (ब्रेक थ्रु) नागढुंगा–सिस्ने सुरुङमार्ग सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सोमबार छिचोलिएको सुरुङको निर्माण कार्य जारी नै छ।
सुरुङबाट सवारीसाधन सञ्चालन गर्न थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ। यो नेपालको पहिलो यातायात सुरुङमार्ग पनि हो। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य मार्गको लम्बाइ २ हजार ६८८ मिटर छ।
सोमबार दुई मिटर खनेपछि सुरुङ वारपार छिचोलिएको हो। २०७६ कात्तिक ४ मा काठमाडौँतर्फको टुटीपाखामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए। त्यसबेला आयोजना सक्न ४२ महिना लाग्ने भनिए पनि ५३ महिनापछि मात्र ‘ब्रेकथ्रु’ गरिएको हो।
२२ अर्ब रुपैयाँमा ठेक्का लागेको आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ। यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ। सुरुङभित्र अब लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम बाँकी छ। बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किलोमिटर दुई लेन सडक कालोपत्र हुनेक्रम जारी छ।
सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
