सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा कायम भएको हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा कायम भएको हो।
आज ३१४ कम्पनीका ७२ लाख २३ हजार ७७३ कित्ता शेयर ५० हजार ५२४ पटक खरिदबिक्री हुँदा दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भएको छ।
सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै वित्त समूह १.६४, उत्पादन तथा प्रशोधन १.५९ र होटल तथा पर्यटन समूह १.१५ प्रतिशतले घटेको छ।
माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य ७.०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७.०५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको १७ करोड ७३ लाख ६८ हजार २९५ रुपैयाँ बराबरको पाँच लाख २७ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
