वाकेलीस्थित द गुड सेफर्ड चर्चमा भेला भएका एक पादरी र केही अन्य व्यक्तिमाथि आक्रमण भएको हो।
अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहारको अर्को घटना बाहिरिएको छ। वाकेलीस्थित द गुड सेफर्ड चर्चमा भेला भएका एक पादरी र केही अन्य व्यक्तिमाथि आक्रमण भएको बीबीसीले जनाएको छ। चक्कु प्रहारबाट कैयौँ घाइते भएको खबर छ।
रिपोर्टका अनुसार स्थानीय समयअनुसार सोमबार साँझ चर्चमा प्रवचनका क्रममा उक्त घटना भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरीले क्षेत्र नाकाबन्दी गरी एक जनालाई पक्राउ गरेको छ। उक्त व्यक्तिले प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको बताइएको छ।
यो घटनाको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। यसमा पादरी मार मारी इमानुएल चर्चको मञ्चमा उभिएको देख्न सकिन्छ। त्यही क्रममा कालो जम्पर लगाएका एक व्यक्ति उनीतिर दौडिएर उनलाई तानेर छातीमा छुरा हान्ने प्रयास गर्छन्। त्यसपछि पादरी भुइँमा लड्छन् र आक्रमणकारीले उनलाई फेरि चार–पाँच पटक छुरा प्रहार गर्छन्।
अस्ट्रेलियाको सिड्नीस्थित वेस्टफिल्ड बन्डी जंक्शन मलमा शनिबार पनि छुरा प्रहार हुँदा पाँच महिलासहित छ जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका छन्।
घटनामा मारिएका ६ जनामध्ये ५ जना महिला रहेकाले आक्रमणकारीको निशाना महिला मात्र हुन सक्ने प्रहरीको भनाइ छ। साथै, घाइतेमध्ये १२ जना पनि महिला छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
