एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्दै सचेत रहन निर्वाचन प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक मतगणनामा आशंका व्यक्त गरेका छन्। अध्यक्ष ओलीले 'केही पार्टीको मत वृद्धि अस्वाभाविक' देखिएको भन्दै मतगणनामा शंका व्यक्त गरेका हुन्। तर, उनले अस्वाभाविक मत प्राप्त गर्ने पार्टी कुन हो भन्ने खुलाएका छैनन्।
एउटा पार्टीलाई आएको मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्नेजस्ता कार्य पनि हुन सक्ने शंका व्यक्त गर्दै उनले मतगणनामा उपस्थिति पार्टीका प्रतिनिधिहरूलाई चनाखो बन्न निर्देशन दिएका छन्।
"शुरूदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ," उनले भनेका छन्, "जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस्।"
मतगणनामा उपस्थित पार्टी प्रतिनिधिलाई मत परिणामको मुचुल्काको प्रति फेसबुकको म्यासेजमार्फत आफूलाई पठाउन पनि उनले निर्देशन दिएका छन्। समानुपातिकको जारी मतगणनामा शनिबार बेलुकी ७:४५ बजेसम्म नेकपा एमाले २१ लाख ५४ हजार १२ मतसहित अग्रस्थानमा छ।
त्यस्तै, नेपाली कांग्रेसले २० लाख ७२ हजार २०८, नेकपा माओवादी केन्द्रले ९ लाख ११ हजार ८९६, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८२ हजार ८३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६५ हजार १३७ जनता समाजवादी पार्टी, नेपालले २ लाख ५० हजार ५९५ र नेकपा एकीकृत समाजवादीले १ लाख ९७ हजार ६९० मत ल्याएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
