नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ।
निगमले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिएको हो। मूल्यवृद्धि सोमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट खरिद मूल्य बढेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले देशभर तीन वर्गमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ।
नयाँ मूल्यसूचीअनुसार पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः १७५.५० रुपैयाँ, १७७ र १७८ रुपैयाँ तोकिएको छ। यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १५८.५० रुपैयाँ, १६० रुपैयाँ र १६१ रुपैयाँ कायम गरेको छ।
पहिलो वर्गअन्तर्गत तराई क्षेत्र, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडाैँ, पोखरा र दिपायल वितरक केन्द्रहरू रहेका छन्।
प्रत्येक १५/१५ दिनमा आईओसीले पेट्रोलियम पदार्थको मूल्यसूची पठाएअनुसार नेपालमा इन्धनको मूल्य निर्धारण हुने गर्छ। भारतबाट मूल्य बढेर आए पनि खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् रहेको निगमले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
