प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेले २०७८ पुस ७ मा उक्त रकम ऋण लिएको भेटिएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ।
काठमाडाैँ– बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको १ करोड ८० लाख रुपैयाँ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा आएको छ।
गोर्खा मिडिया ग्रुपको शेयर सदस्यको नाममा लामिछानेलाई सहकारीबाट उक्त रकम आएको अनुसन्धानले देखाएको छ। प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेले २०७८ पुस ७ मा उक्त रकम ऋण लिएको भेटिएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ।
यस सहकारीमा भएको ठगीमा संलग्न ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले सोमबार अदालतमा अभियोगपत्र दायर गरेको छ। सहकारी सञ्चालकहरूसँग सरकारी वकिलले १ अर्ब २ करोड रकम मागदाबी गरेका छन्।
सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दीपक न्यौपाने, दुर्गा चापागाईँ पाण्डे र निता थापा मगर पक्राउ परेका छन्। ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ।
सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए। त्यसपछि रवि लामिछाने जोडिएको उक्त सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत माघमा अनुसन्धान अघि बढाएको थियो।
लामिछाने र राई एक समयका व्यापारिक साझेदार हुन्। गोर्खा मिडिया ग्रुपबाट सञ्चालित राई अध्यक्ष रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने सञ्चालकसहितका प्रबन्ध निर्देशक थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
