चैतेदशैँका अवसरमा मंगलबार गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
काठमाडौँ– चैत शुक्ल अष्टमी अर्थात् चैतेदशैँ, मंगलबार शक्तिस्वरुपा भगवतीको आराधना गरी मनाइँदै छ।
चैत शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। यस नवरात्रमा पनि नौ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्ने गर्छन्। चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डीपाठ, शक्तिपीठको दर्शन तथा पूजा गर्ने चलनसमेत छ।
काठमाडौँका भद्रकाली, गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलान्चोकको पलान्चोक भगवती, गोरखाको मनकामना, धादिङको कोटका कालिका, ताप्लेजुङको पाथीभरालगायत देशभरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ।
यसैबीच, चैतेदशैँका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थानलगायतका कार्यालयमा बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रवीण ढकालले जानकारी दिए।
मन्त्रिपरिषद्को चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
